काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको आजको बन्दसत्रले पार्टीको यसअघिको केन्द्रीय अनुशासन, निर्वाचन र लेखा आयोगका पदाधिकारी र सदस्यहरूलाई सर्वसम्मत रुपमा अनुमोदन गरेको छ । यसअघिकै आयोगका पदाधिकारी तथा सदस्यहरूलाई अर्को कार्यकालका लागि अनुमोदन गर्न अध्यक्ष मण्डलले गरेको प्रस्तावलाई बन्दसत्रले सर्वसम्मतले पारित गरेको छ । 

केन्द्रीय अनुशासन आयोग प्रमुखमा टङ्क राई, निर्वाचन आयोग प्रमुखमा विष्णुपुकार श्रेष्ठ र लेखा आयोग प्रमुखमा पेशल खतिवडा हुनुहुन्छ । ३ वटै आयोग २५ सदस्यीय छ । आयोगका सदस्यहरूलाई केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन पाउने व्यवस्था छ ।