हेटौंडा – मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–४ मा नेकपा एमालेका चन्द्र कुमार बल वडा अध्यक्षामा विजयी हुनु भएको छ । एमालेबाट वडा अध्यक्षको उम्मेद्वार बन्नु भएका बल ८ सय ५ मत सहित विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनबाट माओवादीका उम्मेद्वार विष्णु बहादुर डिम्डुङले २ सय ५ मत प्राप्त गर्नुभयो ।