हेटौंडा– हेटौंडा उपमहानगरपालिकामा नेपाली कांग्रेसले खाता खोलेको छ । भर्खरै प्राप्त मत परिणाम अनुसार हेटौंडा–१ मा नेपाली कांग्रेसका सविन न्यौपाने बिजयी हुनु भएको छ । न्यौपाने १३१ मतान्तरले विजयी हुनु भएको हो ।
वडा नम्बर १ मा कुल ३२९३ मत खसेको मध्ये न्यौपानेले १४४२ मत प्राप्त गरेर विजयी हुनु भएको हो । उहाँको निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उत्तमप्रसाद पौडेलले १३११ मत प्राप्त गर्नुभयो ।
हेटौँडा उपमहानगरपालिकामा ८२७१ मत गणना हुँदाको ताजा परिणाम
मेयर
गठबन्धन मिनाकुमारी लामा (कलम) – २४६८
नेकपा एमाले अनन्त प्रसाद पौडेल (सूर्य) – २३६०
राप्रपा दीपकबहादुर सिंह (हलो) – २४४४
उपमेयर
गठबन्धन राजेश बानीया (रुख) – ३५९८
नेकपा एमाले सुमित्रा काफ्ले (सूर्य) – २७९८
राप्रपा इन्दिरा डल्लाकोटी (हलो) – ६७४
हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ स्थित सिद्धार्थ माध्यामिक विद्यालयमा वडा नम्बर २, १८ र १९ नम्बरको मतगणना जारी छ । हेटौँडामा कूल एक लाख चार हजार ४७३ मतदाता रहेकामा ७३ हजार ४१४ जनाको मत खसेको छ ।











