हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी एमालेले आज हेटौंडामा सक्ति प्रदर्शन गरेको छ । हेटौंडामा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गर्न जानु भन्दा पहिलेनै हेटौंडाका १९ वटा वडाबाट ¥याली सहित आएर हेटौंडा बजारमा सक्ति प्रदर्शन गरेको हो । हेटौंडाका १९ वटा वडाका एमालेका तर्फबाटका उम्मेदवार सहित मेयर, उपमेयरका उम्मेदवार सहित सक्ति प्रर्दशन गरेका हन् । एमाले जिल्ला कमिटी मकवानपुरको कार्यालयमा एमाले बागमती प्रदेश कमिटीका सदस्य तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ सहितले उम्मेदवारहरुलाई टिका र खादा ओढाएर जितको शुभकामना दिनु भएको थियो ।


पार्टी कार्यालयबाट निस्कीएको र्यालीले हेटौंडा बजार परिक्रमा गरेको थियो । यहाँका सबै वडाबाट उम्मेदवारहरु पार्टीका झण्डा र व्यानर सहित हेटौंडा बजारमा आइपुगेका थिए ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट हेटौंडा उपमहानगरपालिकाको मेयर, उपमेयर, वडा अध्यक्ष र वडा सदस्यहरुद्वारा उम्मेदवारी दर्ता गरेका छन् । हेटौंडा–२ स्थित निर्वाचन अधिकृतको कार्यालयमा मेयरमा अनन्त प्रसाद पौडेल, उपमेयरमा सुमित्रा काफ्लेले उम्मेदवारी दर्ता गर्नु भएको हो । यसैगरी वडा अध्यक्षका उम्मेदवारहरु र वडा सदस्यका उम्मेदवारहरुले पनि आजै उम्मेदवारी दर्ता गरेका हुन् । एमालेको तर्फबाट मेयरमा उम्मेद्वारी दिएका पौडेलको प्रस्तावकमा बर्तमान मेयर हरिबहादुर महत तथा समर्थकमा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल रहेका छन् । उपमेयर काफ्लेको प्रस्तावकमा एमाले नेतृ आरती पाठक तथा समर्थकमा सिता विष्ट रहेका छन् । यो पटक एमालेले दुबै नयाँ अनुहारलाई पाँच दलीय गठवन्धन बिरुद्ध खडा गरेको छ । एमालेबाट मेयरका प्रत्यासी संविधानसभा सदस्य समेत रहेका पौडेल अनुभवी नेता हुन् । उनि एमाले मकवानपुरका पुराना तथा संगठनमा भिजेका नेताको रुपमा चर्चित छन् । एमालेले उपमेयरमा टिकट दिएकी काफ्ले युवा नेत्री हुन् ।