हेटौंडा । मकवानपुरको बागमती र इन्द्रसरोवरमा एमालेका उम्मेदवार द्वारा मनोनयन दर्ता गरेका छन् । नेकपा एमाले बागमती गाउँपालिकाले आउँदो स्थानीय तहको निर्वाचनको लागि अध्यक्ष–उपाध्यक्ष सहित सबै पदमा उम्मेद्वारी दर्ता गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय झुरझुरे पुगेर एमालेको तर्फबाट अध्यक्षमा खेमराज जर्गामगर तथा उपाध्यक्षमा धनमाया स्याङ्तान सहित सबै वडाध्यक्ष र वडा सदस्यहरुले उम्मेद्वारी दर्ता गरेका हुन् ।
नेकपा एमाले इन्द्रसरोबर गाउँपालिकाले आउँदो स्थानीय तहको निर्वाचनको लागि अध्यक्षउपाध्यक्ष सहित सबै पदमा उम्मेद्वारी दर्ता गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर एमालेको तर्फबाट अध्यक्षमा देबकृष्ण पुडासैनी तथा उपाध्यक्षमा उमाकुमारी लामा सहित सबै वडाध्यक्ष र वडा सदस्यहरुले उम्मेद्वारी दर्ता गरेका हुन् । २०७४ को निर्वाचनमा इन्द्रसरोबरमा एमालेबाट जीवन लामा तथा उपाध्यक्षमा एमालेकी उमाकुमारी लामा विजयी भएका थि ।