मकवानपुर प्रहरीले भरुवा बन्दुक सहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले कैलाश गाउँपालिका–५ थानेडाँडाबाट भरुवा बन्दुक सहित एकजनालाई पक्राउ गरेको हो ।
प्रहरीले स्थानिय ५६ वर्षीय राम बहादुर मोक्तानको घरमा लुकाइ छिपाई राखेको १ थान भरुवा बन्दुक सहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभएको छ । प्रहरीले मोक्तानको घर खानतलासी गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारेपछि मुक्तानलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो । मोक्तान माथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको मकवानपुर प्रहरीले जनाएको छ ।