मकवानपुर – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मकवानपुरको नयाँ नेतृत्वका लागि तीन जनाले उमेदवारी दिएका छन् । कांग्रेस मकवानपुरको जिल्ला सभापतिमा संस्थापन पक्षबाट दुई जना र संस्थापन बाहेकबाट एक जनाले उमेदवारी दर्ता गराएका हुन् ।
सभापतिका लागि संस्थापन पक्षबाट आनन्दराम पराजुली र बुद्ध लामाले उमेदवारी दर्ता गराउनु भएको छ । भने, संस्थापन बाहेकबाट जयराम लामिछानेले सभापतिमा उमेदवारी दर्ता गराउनु भएको छ । आज पार्टी कार्यालयमा दुवै पक्षले आफ्नो प्यानलसहित उमेदवारी दर्ता गराउनु भएको हो । हेटौडा २ स्थित कांग्रेस पार्टी कार्यालयमा पुगेर सभापतिका आनन्दराम पराजुली, बुद्ध लामा र जयराम लामिछानेले प्यानल सहित उम्मेदवारीको मनोनयन दर्ता गराउनु भएको निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीले बताउनुभयो । कांग्रेस मकवानपुरको निर्बाचन भने भोली हुने छ ।
पराजुलीको प्रस्तावकमा दिनेश उपाध्याय र समर्थकमा निलम बजगाई देवकोटा रहनुभएको छ । पराजुलीको प्यालनबाट जिल्ला उपसभापतिमा भीम लामा र रमेश गिरी रहनुभएको छ । यस्तै सचिवमा मान बहादुर पाटा मगर र यतिराज सापकोटा रहनुभएको छ । यस्तै लामिछानेको प्रस्तावकमा देव कुमार श्रेष्ठ र समर्थकमा इश्वर नाथ पौडेल रहनुभएको छ । लामिछानेको प्यानलबाट जिल्ला उपसभापतिमा धर्मराज लामिछाने र आनन्द कठायत रहनुभएको छ । यस्तै सचिवमा इश्वर कुमार पाठक र भीमसेन महत रहनुभएको छ ।
त्यस्तै लामाको प्रस्तावकमा प्रभात दाहाल र समर्थकमा रामबाबु बानियाँ रहनुभएको छ । लामाको प्यालनबाट जिल्ला उपसभापतिमा गोपीलाल विश्वकर्मा र रामबाबु बानियाँ रहनुभएको छ । यस्तै सचिवमा अर्जुन प्रसाद चौलागाई र प्रदिप कोइराला रहनुभएको छ ।