मकवानपुर– बागमती प्रदेश सरकारले स्थापना गरेर सञ्चालनमा ल्याएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुसंधान केन्द्र हेटौंडा–८ कामनेमा सञ्चालन गरिने भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको मौजदात कोषबाटको लागानीमा निर्माण भएको सामुदायिक भवनबाट प्रतिष्ठानको अनुंधान केन्द्र सञ्चालन गरिने भएको हो ।

प्रतिष्ठानका कुलपति समेत रहनुभएका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायतको टोलीले अनुसन्धान केन्द्र सन्चालनका लागि आज उक्त स्थानकाे अवलोकन गर्नुभएको हाे । अवलोकनका क्रममा कुख्यमन्त्री पौडेलले प्रतिष्ठानको अनुंधान केन्द्र सञ्चालनका लागि स्थान उपयुक्त भएको बताउनुभयो । सो क्रममा उहाँले तत्काल काम सुरु गर्न प्रतिष्ठानका पदाधिकारीहरुलाई निर्देशन समेत दिनुभयो ।

निरिक्षण टोलीमा मुख्यमन्त्री पौडेलसहित जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रतिष्ठानका उपकुलपति प्राडा बिश्वराज जोशी, रेक्टर डा सतिस देब, रजिस्ट्रार राजेश प्रसाईं , निर्देशक डा हरीबहादुर खड्का, संयोजक चिरञ्जीवी चुडाल, ८ नम्बर वडा अध्यक्ष गोपाल बहादुर श्रेष्ठ,लगायतको सहभागिता थियो । उहाँहरुले आजै प्रदेश सरकारको सहयोगमा हेटौंडा–८ मा नै निर्माणाधिन रहेको निजानन्द पार्कको पनि अवलोकन गर्नुभएको छ ।

मुख्यमन्त्री पौडेलुले आजै हेटौंडा अस्पतालमा संचालनको चरणमा रहेको आईसियु र एचडियुको समेत अवलोकन गर्नुभएको छ । हेटौंडा अस्पतालमा आगामी १५ गतेबाट आईसियु र एचडियु सञ्चालनमा ल्याईदै छ ।
