जितबहादुर तामाङ्

हेटाैंडा– त्रिपुरा सुन्दरी गाउँपालिका ३ का एक जना बृद्धको पारिवारिक पुर्नमिलन गराउन सफल भएको छ । सोमवार एक कार्यक्रम गर्दै आश्रमले ६२ वर्षे जितबहादुर तामाङ्को पर्नंमिलन गराएको हो । हेटौंडा ९ मा रहेको मानवसेवा आश्रमले भटाभट् पुर्नमिलन गराउँदै आएको छ । आश्रमले सडकमा बेवारिसे अवस्थामा रहेका मानिसहरुको उद्धार गर्दै पुर्नमिलन गराउँदै उदाहरणीय कार्य गरेको छ ।

Image may contain: 10 people, people standing

२०६९ साल भाद्र १३ गते स्थापना भएको आश्रमले ८ वर्षसम्म आईपुदगाा ४५ सय भन्दा बढिको उद्धार गरिसकेको छ । जस्मा २ हजार भन्दा बढिको पारिवारिक पुर्नमिलन गराईएको आश्रममा सेवा गर्दै आईरहेको होमनाथ पौडेलले बताए । ४ सय भन्दा बढिको आश्रममा नै शरीर शान्त भएको र १३ सय जनालाई अल्पकालीन सेवा दिएको पौडेलले बताए ।
आर्थिक वर्ष २०७७÷७८ साउनयता मात्रै आश्रमले ३ सय जनाको उद्धार गरेको छ भने १ सय ६५ जनाको पुर्नमिलन गराईसकेको छ । आश्रमले सडकमा बेवारिसे अवस्थामा रहेको मानिसहरुलाई उद्धार गर्दै उसलाई पुर्नस्थापना गरी स्वास्थ्य अवस्था राम्रो भईसकेपछि घरपरिवारको बारेमा जानकारी लिने काम गरेको छ । परिवारको बारेमा जानकारी लिईसकेपछि पुर्नमिलन गराउँने गरेको होमनाथ पौडेलले जानकारी दिए ।
आश्रममा आश्रय लिएका अधिकांश मानसिक सन्तुलन गुमाएका र घरबारबिहिनहरु छन । मानव सेवा आश्रमले अधिकांशलाई सडक पेटीमा कष्टकर जीवन विताइरहेको अवस्थामा उद्धार गरेर ल्याएका हुन । ईच्छा अनुसार के काम गर्न सकिन्छ त्यही काम गर्न लगाउने गरेको उनले भनिन । गाई पनि पालेका छौ कोही गाई चराउन मन लागेकाहरुलाई गाई चराउन दिने घाँस काट्न दिने दुध दुन दिने जस्ता गर्छन । त्यसो गरेमा मानसिक विकास हुने पहिलाको स्मरण हुने बताए । आश्रममा महिनाको पहिलो हप्ता नशा तथा मानसिक विषेशज्ञ आएर स्वास्थ्य परिक्ष्ँण गने गरेको छन् ।
अहिले आश्रममा ११ सय जना आश्रीत छन् । आश्रममा २ जना नर्सहरु पनि रहेका छन् । ७ वटै प्रदेशमा १९ वटा स्थानमा आश्रम रहेको र बागमती प्रदेशमा मात्रै ६ वटा आश्रम रहेको आश्रममा महिला पुरुष छुट्टा छुटै गरी राख्ने गरेको छ ।