राष्ट्रकवि माधव घिमिरेको पार्थिव शरीरमा सरकारका तर्फबाट उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले आज राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । राष्ट्रकवि स्वर्गीय घिमिरेको निवासमै पुगेर उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय झण्डा ओढाउनुभएको हो । राष्ट्रकवि घिमिरेको अहिले पशुपति आर्यघाटमा अन्त्येष्टि गरिंदैछ । १ सय १ वर्षको उमेरमा राष्ट्रकवि घिमिरेको हिजो साँझ निधन भएको हो ।
Home कला-साहित्य राष्ट्रकविको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली, पशुपतिमा अन्त्येष्टि