हेटाैंडा– थाहा नगरपाकिाले कोरोना विरुद्ध संचालन गरिरहेको गतिविधिहरु दैनिक सार्वजनिक गर्ने गरेको छ । नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण लागि गरेको प्रयासका गतिविधिहरु दैनिक सार्वजनिक गर्ने गरेको हो ।

थाहा नगरमा कोरना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको सम्पुर्ण कामहरू सचिवालय मार्फत संचालन भइरहेकाे मेयर लवशेर विष्टले जानकारी दिनुभएकाे छ । नगरका गतिविधिहरु प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरवार, गृह मन्त्रालय, मुख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यालय बागमती प्रदेश हेटौंडा, सामाजिक विकास मन्त्रालय बागमती प्रदेश, जिल्ला समन्वय समिति मकवानपुर, जिल्ला प्रशासशन कार्यालय मकवानपुर, जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरमा पठाउने गरिएको छ । साथै नगरपालिकाको वेभसाइट र फेसबुक पेजमा दैनिक अद्यावधिक गर्नुका साथै संचार माध्यमहरुलाई समेत प्रतिवेदन पठाउने गरिएको उहाँले बताउनुभयाे ।

२०७६ चैत २७ गतेको प्रतिवेदनः