मकवानपुर– मकवानपुरमा पछिल्लो सयम कोरोना पुष्टि हुनेको संख्या भन्दा संक्रमण मुक्त हुनेको संख्या बृद्धि हुँदै गएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा १ सय जनामा कोरोना पुष्टि हुँदा १ सय ४९ जना संक्रमणमुक्त भएका छन् ।
३ सय ६५ जनामा पिसिआर र एन्टीजेन विधिबाट परीक्षण गर्दा थप एक सय जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ८ हजार ६ सय ६२ पुगेको कार्यलयले जनाएको छ । यसैगरि आज जिल्लामा होम आइसोलेसनबाट १ सय २५ जना र आइसोलेसनबाट २४ जना गरि थप १ सय ४९ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो संगै मकवानपुरमा कोरोना निको हुनेको संख्या ६ हजार ३ सय ४० पुगेको छ ।
पछिल्लो समय मकवानपुरमा संक्रमण दर घटेपनि मृत्यु दर भने घट्न सकेको छैन् । जिल्लामा आज पनि कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ । आज हेटौंडा उपमहानगरपालिका भित्रका २ जना, मकवानपुगढी गाउँपालिका र जिल्लाबाहिरका एक÷एक जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । योसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९२ पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्लामा आजको दिनमा २ हजर २३३ जना सक्रिय संक्रमित उपचारत रहेका छन् । जसमा २ हजार १०५ जना घरमा र १ सय २८ जना आइसोलेसनमा उपचारत रहेका छन् ।