मकवानपुर– मकवानपुरमा कोभिड–१९ बाट संक्रमित भई होम आइसोलेसन (घरमा) मा नबस्नेहरुलाई संस्थागत आइसोलेसनमा पठाईने भएको छ । सोमबार जिल्ला कोभिड व्यवस्थापन समिति (DCCMC) का संयोजक प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको बैठकले कोरोना संक्रमित भई होम आइसोलेशनमा नबस्ने र जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेहरूलाई संस्थागत आइसोलेशनमा पठाउने निर्णय गरेको हो ।
कोभिड–१९ बाट संक्रमित भई होम आइसोलेशनमा बसेकाहरू घर बाहिर हिडडुल गर्ने गरेको जसले संक्रमण जोखिम बढेको हुँदा त्यस्ता संक्रमितहरुको सम्बन्धित वडा समितिहरूले नियमित निगरानी गर्ने र संक्रमित भई होम आइसोलेशनमा नबस्ने र जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेहरूलाई संस्थागत आइसोलेशनमा तत्काल पठाउने व्यवस्था सम्बन्धित पालिकाहरूले गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । यस्तै बैठकले कोभिड–१९ को संक्रमितहरू बढी रहेका स्थानहरूमा एऋच् र ब्लतष्नभल परीक्षणको दायरा बढाउन सबै स्थानीय तहहरूलाई अनुरोध गर्ने समेत निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

DCCMC_Nirnaya_2078_02_17