हेटाैंडा– सरकारले पिसिआर परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले अब निजी तथा सरकारी सबै प्रयोगशालाले पिसिआर परीक्षण गरेबापत अधिकतम दुई हजार रुपैयाँ लिनसक्ने गरी शुल्क तोकिएको जानकारी दिनुभयो ।
विश्व बजारमा पिसिआर परीक्षण गर्न चाहिने आवश्यक किटको मूल्य घटेको र विश्वमै पिसिआर परीक्षणको शुल्क पुनारावलोकन गरिएकाले नेपालमा पनि शुल्क घटाइएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । यस अघि पिसिआर परीक्षण गरेबापत प्रयोगशालाहरुले रु ४ हजार ४ सय रुपैयाँ लिन पाउने गरी शुल्क तोकिएको थियो ।