मकवानपुर– हेटौंडा उपमहानगरपालिका–४ की २२ वर्षीया युवतीकाे हत्या आरोपमा प्रहरीले दुइर्जनालाइ पक्राउ गरेकाे छ । हेटाैंडा–४ की २२ वर्षिय सुस्मिता थापाको हत्या आरोपमा प्रहरीले मृतककाे ससुरा र नन्दलाइ पक्राउ गरेकाे हाे ।
गत असार २ गते प्रहरीले सुस्मिताकाे शव भान्सा कोठामा मृत अवस्थामा फेला परेको थियाे । अनुसन्धानका लागि मृतकका ५८ वर्षीय ससुरा प्रकाश थापा र २३ वर्षीय नन्द सीता थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयाे । उनीहरूमाथि ज्यान सम्बन्धी कसुर मुद्दामा अनुसन्धान भईरहेको उहाँले बताउनुभएकाे छ । सुस्मिताको शव असार २ गते टाउकोमा चोट लागेको र भान्सामा रगत बगेको अवस्थामा प्रहरीले फेला पारेकाे जनाएको छ । ६ महिना अघि सवारी दुर्घटनामा पति गुमाएकी सुस्मिताको घरायसी विवादका कारण हत्या भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेकाे छ ।











