मकवानपुर, २३ जेठ । मकवानपुरको थाहा नगरपालिका–४, स्थित सिम्भञ्ज्याङमा भूमि समस्या समाधा गर्न जग्गा नापजाँच प्रकृया सुरु भएको छ । दलित, भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरिरहेका स्थानीयको भूमिसम्बन्धी लामो समयदेखि अल्झिएको समस्याको समाधानका लागि जग्गा नापजाँच प्रक्रिया सुरु गरिएको हो ।
भूमि आयोग मकवानपुरले सो विषयमा शुक्रबार वडा नम्बर ४ मा बैठक आयोजना गरेर प्रकृया अगाडी बढाएको जनाएको छ । नगरपालिकाका मेयर बिष्णु बहादुर बिष्टको अध्यक्षता एवम् भूमि समस्या समाधान आयोग मकवानपुरका अध्यक्ष बलराम बलको प्रमुख आतिथ्यतामा बैठक बसेको थियो ।
यसअघिकै भूमि आयोगले पपनि उक्त स्थानको नापँजाच गरेर प्रमाणि गरेको भएपनि त्यलाई प्रकेया पुरा नभएकोले सर्वे गरेर प्रकृया पुरा गरिने काम सुरु भएको हो । २०११ साल देखि बसोवास गर्दै आएको भएपनि कित्ताकाट नभएका, मालपोतमा दर्ता नभएका जग्गाहरूको यकिन गर्न सर्वेको काम सुरु गरिएको आयोग मकवानपुरकी सदस्य दिलु घर्तीले जानकारी दिनुभयो । “फाईल छ, तर स्रेस्ता, लगात नभेटिएको हुँदा हामीले पुन काम सुरु गरेका हौं । ”उहाँले भन्नुभयो । वडा नम्बर ४ मा करीब २५० जना त्यस्ता अव्यवस्थित एवम् सुकुमवासीहरुको बसोवास रहेको उहाँले बताउनुभयो ।
आजको बैठकले मेय बिष्टको संयोजकत्वमा १४ सदस्य भूमि समस्या समाधन सहजिकरण समितिसमेत गठन गरेको छ । उक्त समितिले भूमि समस्या समाधानका लागि खटिएका प्राविधिकहरुलाई नापनक्सा कार्यका लागि सहजिकरण र सहयोग गर्ने बताईएको छ । यस्तै नाप नक्साकालागि खटिएका प्राविधकहरुका लागि आवश्यक बन्दोबस्ती वडा नम्बर ४ कार्यालयले गर्ने निर्णय गरेको छ । बैठकमा आयोगका सदस्यहरू कविन सांगामी, अर्जुन प्रसाद चाैलागाइ, रघुवंश कडेंल, सदस्यसचिव खिमबहादुर राना, पूर्व सदस्य अरूण रायमाझि, ४ नम्बर वडाअध्यक्ष नारायणा लामालगायतकाे उपस्थिती थियाे ।