प्रधानमन्त्री केपी शर्मा ओलीले आज मौजुदा मन्त्रिपरिषदमा जनता समाजबादी पार्टीको नेतासहित थप आठ जनालाई सहभागी गराई मन्त्रिपरिषदको विस्तार गर्दै हुनुहुन्छ । नवनियुक्त मन्त्रीहरुको आज साँझ ४ बजे राष्ट्रपति भवन शितल निवासमा शपथ ग्रहणको कार्यक्रम तय गरिएको छ । १७ सदस्यीय हालको मन्त्रिपरिषदमा ८ जना थपेर मन्त्रिपरिषदलाई पूर्णता दिन लागिएको हो । विस्तारित मन्त्रिपरिषदमा नेकपा एमालेका नेता खगराज अधिकारी सम्भवतः गृहमन्त्री हुनुहुनेछ । मन्त्रिपरिषद विस्तारमा नेताहरु अधिकारीसहित नारदमुनी राना, मोहन बानियाँ, नैनकला थापा, ज्वालाकुमारी साह, राजकिशोर यादब, गणेश पहाडी र आशा बिक पर्नुहुने चर्चा छ ।