फाइल तस्विर

हेटाैंडा– पछिल्लो २४ घण्टामा ६ सय ९ जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरबाट ६ सय ९ जना संक्रमण मुक्त भएसगै संक्रमण मुक्त भई घर फर्किनेको कूल संख्या १२ हजार ४ सय ७७ पुगेको जानकारी दिनुभयो । नेपालमा हालसम्म ६९ दशमलव ३४ प्रतिशत कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको प्रवक्ता प्रा.डा. गौतमले बताउनुभयो ।

यसैगरी आज देशका विभिन्न स्थानमा रहेका २७ वटा प्रयोगशालामा ३ हजार ९ सय ६३ जनाको रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा एक सय ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार हाल देशभरी संक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ७७ जना रहेको छ ।

संक्रिय संक्रमितहरु प्रदेश नं. १ मा एक सय ८ जना, प्रदेश नं. २ मा एक हजार ९ सय १३ जना, वाग्मती प्रदेशमा ४ सय २१ जना, गण्डकी प्रदेशमा तीन सय ८० जना, प्रदेश नं. ५ मा तीन सय ७० जना, कर्णाली प्रदेशमा दुई सय ९३ जना र सुुदुरपश्चिम प्रदेशमा एक हजार ९ सय ९२ जना रहेको प्रा. डा. गौतमले जानकारी दिनुभयो । मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हालसमम्म १७ हजार ९ सय ९४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा २१ हजार ७ सय ४ जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।