फाइल फाेटाे

अर्थमन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले कोरोनाको महामारीको कारण मुलुकको आर्थिक अवस्था सोचे जस्तो नबिग्रिएको बताउनु भएको छ । आर्थिक वर्ष २०७६।०७७ को बार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई अर्थ मन्त्रायमा सम्बोधन गर्दै अर्थमन्त्री डा खतिवडाले राजस्व संकलन र आन्तरिक वित्तीय स्थायित्वको अवस्था राम्रो रहेको बताउनु भयो ।

कारोनाको महामारीका अवस्थामा पनि बाह्य स्रोतको राम्रो परिचालन र खर्च कम गर्न सकेकोले अवस्था नरामो हुन नपाएको पनि अर्थ मन्त्री खतिवडाले उल्लेख गर्नु भयो । अर्थन्त्री खतिवडाले चालु अािर्थक वर्षका लागि स्रोतको चिन्ता गर्नु पर्ने अवस्थ नरहेकोले मन्त्रालय अन्र्तगतका निकायहरुलाई राजस्व संकलन र पूँजीगत खर्च बढाउदै बजेट कार्यान्वयनमा ध्यान दिन निर्देशन दिनु भयो । उहाँले साउनबाट नै बजेटको कार्यावयनको प्रक्रिया अघि बढाउन सकेको खण्डमा चालु आर्थिक वर्षका लागि लिइएको आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न सकिने पनि उल्लेख गर्नु भयो । आजै अर्थ मन्त्री खतिवडाले अर्थ, राजस्व सचिव तथा महालेखा नियन्त्रकसँग कार्यसम्पादन सम्झैता पनि गर्नु भएको छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले स्थानीय तहहरुको आर्थिक व्यवस्थापन र आर्थिक अनुशासनको पाटो जटिल रहेको भन्दै ८।१० प्रतिशत स्थानीय तहले मात्र योजना बनाउन सकेको उल्लेख गर्नु भयो । नेपाल राष्ट्र बैकका गर्भनर महाप्रसाद अधिकारीले कोरोनाकोे बीचमा पनि मुलुकको अर्थतन्त्रमा राम्रो उपलब्धी भएको, मुलुकको शोधनान्तर स्थिति र विदेशी मुद्राको सञ्चिति पनि राम्रो रहेको उल्लेख गर्नु भयो ।

कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुंगानाले कोरोनाको बीचमा गत आर्थिक वर्षमा खर्च व्यवस्थापन, राजस्व संकलन र समग्र वित्तीय प्रणलीलाई चुस्त बनाउन सकिएको उल्लेख गर्नुभयो । कार्यक्रममा राजस्व सचिव रामशरण पुडासैनी, विभिन्न विभागका प्रमुखहरुले आआफनो विभाग निकायहरुको प्रगतीको अवस्थाका वारेमा जानकारी गराउनु भएको थियो ।