मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले समाज परिर्वतनका लागि युवाहरुको भुमिका महत्वपुर्ण हुने बताउनुभएको छ । मुस्लिम युवा समाज मकवानपुरको मंगलबार हेटौंडामा भएको तेस्रो साधारणसभामा बोल्दै प्रमुख खुलालले युवाहरु समाजलाई सकारात्मकता तर्फ डो¥याउदै समृद्धि प्राप्ती तर्फ लाग्नु पर्ने बताउनुभयो ।

प्रमुख खुलालले समाजमा बढ्दो नकारात्मकता र गलत प्रबृति बिरुद्धमा युवाहरु जुट्न जरुरी रहेको बताउनुभयो । मुलुकका विभिन्न परिवर्तनमा मुस्लिम समुदाय र मुस्लिम युवाहरुले महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै प्रमुख खुलालले सबैको एकताबद्ध पहलबाट नै समृद्धि प्राप्त गर्न सकिने बताउनुभयो । उहाँले युवाहरुलाई नकारात्मकता तर्फ लाग्नु भन्दा देश निर्माणको अभियानमा जुटन आग्रह समेत गर्नुभयो । नेपाल विविधता युक्त राष्ट्र भएकाले विविधताका बिच धार्मिक सद्भावको विकास गर्ने जिम्मा युवाहरुकै काँधमा रहेको प्रमुख खुलालको भनाई थियो । नेपाली समाज धेरै जातजाती तथा भाषाभाषीबाट निर्माण भएको भन्दै उहाँले सबै क्षेत्रका युवाहरु मिलेर देश विकासको अभियानमा लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– “विविधता पुर्ण देशमा सकारात्मकता तर्फ लाने काम युवाहरुको काँधमा रहेको छ । सबैको संस्कृति स्वीकार्दै सबैको धर्मको सम्मान गर्ने कुरा संविधानमै उल्लेख भएकाले यसलाई सबैले मान्नुपर्ने र समृद्धिको अभियानमा जुट्नु पर्छ ।”

मुस्लिम युवा समाज मकवानपुरका अध्यक्ष मुस्तफा अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा मकवानपुरका नेता एवम् नेपाल चेस एसोसियसनका केन्द्रीय अध्यक्ष एकलाल श्रेष्ठ, नेपाल खेलकुद महासंघका अध्यक्ष एवम् नेपाल चेस एसोसियसनका महासचिव धर्म लामा, खेलकुद विकास समित मकवानपुरका अध्यक्ष सानु लामा, मुस्लिम युवा समाजका सस्थापक अध्यक्ष महमद सलिम लगाएतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । सामाजिक दुरी कायम गरेर आयोजना गरिएको कार्यक्रममा मुस्लिम युवा समाज मकवानपुरका संस्थापक अध्यक्ष महमद सलिमलाई सम्मान समेत गरिएको थियो । साधारण सभाले नयाँ कार्यसमिति समेग गठन गरिने बताइएकाे छ ।