हेटौंडा – नेकपा एमाले मकवानपुरको ११ औं अधिवेशन हेटौंडामा भइरहेको छ । अधिवेशनको नेकपा एमालेका स्थायी कमिटीका सदस्य तथा बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारीले उद्घाटन् गर्नुभयो ।
अधिवेशनका क्रममा नेकपा एमालेका केन्द्रीय सदस्यहरु रामेश्वर राना, कृृष्ण प्रसाद दाहाल, जुनेली श्रेष्ठ, भारती पाठक, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश कमिटीका सदस्यहरु, जिल्लाका नेताहरु लगायतकाले शुभकामना व्यक्त गरेका थिए ।

दिउँसो १२ बजे हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा अधिवेशनको उद्घाटन कार्यक्रम सकिएको छ । अब बन्दसत्रको कार्यक्रम रहेको छ । राती ११ बजे पछी जिल्लाका पदाधिकारी र कमिटीमा सदस्य पदमा उमेदवारी दिनेहरुले उमेदवार दिनसक्नेगरी कार्यतालिका बनाइएको छ ।

May be an image of one or more people, people sitting, people standing and indoor

शुक्रबार देशभर नेकपा एमालेको जिल्ला अधिवेशन भइरहेको छ । एमाले मकवानपुरको ११ औं अधिवेशनबाट नयाँ जिल्ला कमिटी चयन हुनेछ । जिल्ला अधिवेशनमा करिब ८ सय प्रतिनिधि सहभागी छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट देशभर एकैसाथ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुभयो । एमाले मकवानपुरको जिल्ला अधिवशेन २३ र २४ गते दुई दिन हुँदै छ । अधिवशेनको लागि जिल्ला कार्यसमिति,प्रतिनिधि छनोट र मनोनित् सहित गरेर ८ सय २ जना प्रतिनिधि रहेका नेकपा एमाले मकवानपुरका सचिब एकालाल श्रेष्ठले बताउनुभयो । ९ हजार ५ सय पार्टी सदस्यता रहेको एमाले मकवानपुरको जिल्ला अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव एक अनिवार्य महिला गरेर १ सय ५ सदस्सीय जिल्ला कमिटी बन्दैछ ।
अधिवेशन अघि एमाले मकवानपुरले सदस्यता संख्याको आधारमा जिल्लाको स्थानीय तहहरुलाई जिल्ला सदस्यको संख्या छुट्याएको छ । कमिटीमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिका भित्रका १० जना जिल्ला सदस्यमा पर्ने भएका छन् । ६ जना खुल्लाबाट र ४ जना महिला अनिवार्य गरेर १० जना पर्ने भएका हुन् । यसैगरि जिल्लाको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिका र पूर्वमा पर्ने बकैया गाउँपालिका भित्रका ६/६ जना पर्ने भएका छन् । जसमा ४ जना खुल्लाबाट र २ जना महिला अनिवार्य रहेको छ ।
यसैगरि जिल्ला सदस्यमा जिल्लाको मनहरी, कैलाश, बागमती, भीमफेदी र राक्सिराङ गाउँपालिकाबाट ५/५ जना पर्ने भएको छ । जसमा खुल्लाबाट ४/४ जना र महिला अनिवार्यबाट एकएक पर्ने भएका छन् । यसैगरि जिल्लाको मकवानपुरगढी र ईन्द्रसरोबर गाउँपालिका भित्रका क्रमशः ४ जना र ३ जना पर्ने भएका जसमा एक एक जना महिला अनिर्वाय रहेको नेकपा सचिब श्रेष्ठले बताउनुभयो ।
यसैगरि,जिल्ला कमिटीमा मजदुरबाट ४ जना खुल्ला र एक जना महिला गरेर ५ जना,पेशागतबाट १ जना खुल्ला र एक जना महिला गरेर २ जना,दलित २ जना खुल्ला र एक जना महिला गरेर ३ जना, जनजाती, मुस्लिम र अल्पसंख्यकबाट ४ जना खुल्ला २ जना महिला गरेर ६ जना,अन्य खुल्ला १६ जना र महिला खुल्ला १४ जना गरेर १ सय ५ जनाको जिल्ला कमिटी बन्न लागेको एमाले मकवानपुरले जनाएको छ । १ सय ५ सदस्सीय कमिटीमा एमाले मकवानपुरले ३३ प्रतिशत महिला सदस्यताको सुनिश्चिता गरेको नेकपा एमाले मकवानपुरका सचिब एकालाल श्रेष्ठले बताउनुभयो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दशौँ राष्ट्रिय महाधिवेशनपछि सबै जिल्ला कमिटीको अधिवेशन अन्तरगत मकवानपुरको अधिवेशन पनि आज र भोली हुन लागेको हो । । महाधिवेशनपूर्व तोकिएको एकै दिनमा पालिकास्तरको अधिवेशन तथा प्रतिनिधि छनोट कार्य गरेको एमाले अब जिल्ला र प्रदेश अधिवेशनका लागि जुटेको हो । आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले थापाथालीमा रहेको केन्द्रीय कार्यालयको एक्सन रूमबाट ७७ वटै भूगोल र विशेष क्षेत्रका जिल्ला अधिवेशनको उद्घाटन एकैसाथ भर्चुअलरुपमा गर्ने एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । मौसमी प्रतिकूलताका कारणले आज जिल्ला अधिवेशन गर्न नसकिने हिमाली जिल्लाका हकमा केन्द्रीय कार्यालयसँगको परामर्शमा अर्को मिति तोक्न सकिने एमालेले जनाएको छ ।
गएको मङ्सिर १० गतेदेखि १४ गतेसम्म चितवनमा भएको दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको मङ्सिर २५ र २६ गते भक्तपुरमा सम्पन्न दोस्रो पूर्ण बैठले आजका लागि जिल्ला र आउँदो माघ ८ गतेका लागि पार्टीको प्रदेश अधिवेशन गर्ने निर्धारण गरेको थियो । एमालेले जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौँ राष्ट्रिय महाधिवेशनका लागि निर्धारण गरिएको पार्टी सदस्यतालाई नै आधार बनाउनेछ । अधिवेशनका लागि प्रतिनिधि चयनको अनुपात र मापदण्ड पार्टी विधानको व्यवस्थाअनुसार सम्बन्धित कमिटीले तय गर्नेछ । अधिवेशनमा प्रतिनिधिलाई सर्वसम्मत नेतृत्व चयनका लागि प्रेरित गर्ने र सहमति हुन नसकेको अवस्थामा चुनाव गर्न एमालेले सर्कुलर गरेको छ ।