हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुईवटा विधेयक प्रमाणीकरण गर्नुभएकाे छ । गत असोज २२ गते बागमती प्रदेश सभाले प्रदेशसभाबाट पारित भएको दुईवटा विधेयक बिहीबार प्रदेश प्रमुख शर्माले प्रमाणीकरण गर्नु भएकाे हाे । प्रदेश प्रमुख शर्माले संविधानको धारा २०१ को उपदफा (२) बमोजिम प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नु भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।