हेटौंडा । हेटौंडा–९, स्थित श्रीकृष्ण आदर्श ईङ्गलिस बोर्डिङ स्कुलले बिहीबार आज विद्यार्थीहरुको सहभागितामा तिहार विशेष कार्यक्रम सम्पन्न गरेको छ । संस्कृतिको संरक्षण गर्ने उदेश्यका साथ विद्यालयले सांस्कृतिक कार्यक्रमसहितको दिपावली विशेष कार्यक्रम गरेको हो ।

कार्यक्रममा विभिन्न देउसी भैलो, नृत्य सहित आधुनिक रंगोली तथा चिठ्ठा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले देउसी भैलो भट्याउनुका साथै तिहार संग सम्वन्धित नृत्य प्रस्तुत गरेका थिए । सोहि अवसरमा विद्यार्थीहरुले चिठ्ठा प्रतियोगिता आयोजना गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन केसीको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम बिष्ट, स्काउट बागमती प्रदेश सदस्य अशोक सारु मगर, पत्रकारद्व्य बिवश अधिकारी, केशव समर्पणलगायत विद्यालयका शिक्षक, अभिभावकहरुको समेत सहभागिता थियो ।









