मकवानपुरमा १६ किलो गाँजासहित तीन जना पक्राउ परेका छन् । हिजो मङ्गलवार बेलुकी मनहरीबाट हेटौँडा गइरहेको ना १ ज १६५६ नम्बरको यात्रुवाहक माइक्रोबसमा जाँच गर्ने क्रममा गाँजासहित तीन जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेहरूमा हेटौँडा उपमहानगरपालिकाका किताबसिंह गोले तथा राक्सिराङ गाउँपालिकाका विक्रमकुमार गोले र कुमार घ्यावा रहेका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।