हेटौंडा । नेपाल खेलकुद महासंघ र बागमती प्रदेश बुद्धिचाल संघकको आयोजनामा हेटौंडामा मेयर कप रेपिड बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले उद्घाटन् गर्नु भएको हो । कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, नेपाल खेलकुद महासंघ स्थायी कमिटीका सदस्य धरम लामा, एमाले मकवानपुरका उपसचिब सिता बिष्ट, महासंघ जिल्ला अध्यक्ष सविन मोक्तान लगायतकाको आतिथ्यता रहेको थियो । बुद्धिचाल प्रतियोगिता भोली सम्म चल्ने छ ।












