मकवानपुर – मकवानपुरमा आज थप २७८ जना संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । जिल्लामा हिजो र आज संक्रमित भन्दा संक्रमणमुक्त हनेको संख्या बढेको छ ।
पछिल्लो २४ घण्टामा जिल्लामा ४६ जनामा कोरोना पुष्टि हुँदा २७८ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्‍टामा ४२ जनाको पिसिआर परीक्षण गर्दा १९ जनामा र ७१ जनाको एन्टिजेन परीक्षण ‍गर्दा २७ जना गरि थप ४६ जनामा संक्रमणपुष्टि भएको हो । जिल्लामा हिजो मंगलबार १४६ जनामा कोरोना पुष्टि हुँदा २३६ जना संक्रमणमुक्त भएका थिए । जिल्लामा हाल १ हजार ३९५ सक्रिय संक्रमित उपचाररत रहेका छन् ।