file photo

मकवानपुर– मकवानपुर प्रहरीले बुधबार मास्क नलगाई हिडडुल गर्ने ७१ जनालाई कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहत कार्यालय समेतबाट खटिएको प्रहरी टोलिले मास्क नलगाई हिंडडुल गर्ने ७१ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरेको हो । प्रहरीले ७१ जनालाई जनही एक सय रुपैयाका दरले कारबाही गरेको जनाएको छ ।
यसैबीच प्रहरीले कोभिड प्रकोप न्युनिकरण गर्ने अभियान अनुरुप मंगलबार हिजाे मास्क तथा सचेतनामूलक पर्चा बितरण गरेको छ । पुरानो नारायणी यातायात कम्पनी प्रालिको सहयोगमा हेटौडा स्थित बुद्धचोकमा नागरिक हेल्प डेस्क स्थापना गरी एक हजार ५२ थान मास्क र १५० थान सचेतनामूलक पर्चा बितरण गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।