त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान डीनको कार्यालयले प्रवेश परीक्षा स्थगित गरेको छ । स्नातक तह (बि.ई/बि.आर्क. प्रवेश परीक्षा कार्यक्रम अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको हो । प्रवेश परीक्षा बोर्डका पदाधिकारीहरूले राजीनामा दिएकोले प्रवेश परीक्षा स्थगित गर्नुपरेको शाखा अधिकृत निरजकुमार वैद्यले बुधबार जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।