मकवानपुर– गृह मन्त्रि राम बहादुर थापा (बादल) ले देशमा शान्तिन्ती सुरक्षा सामान्य रहेको र गृह मन्त्रालय शान्ती सुरक्षा कायम गर्न कटिबद्ध रहेको बताउनुभएको छ । नेपाल सरकार गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा शनिबारबाट सुरु भएको दुई दिने सुरक्षा बैठकलाई सम्बोधन गर्न हेटौंडा आउनु भएका मन्त्री थापाले गृह मन्त्रालय शान्ती सुरक्षा कायम गर्न कटिबद्ध रहेको बताउनुभएको हो ।

सुरक्षा बैठकका क्रममा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले सरकाले गत बर्षलाई आधार बर्षमा विकासको अधार तयार गरि देशमा समृद्ध र विकासको थालनी भइसकेको बताउनुभयो । उहाँले अर्थिक विकास वृद्धि दर गत वर्षको तुलनामा राम्रो रहेको भन्दै देशमा आर्थिक वृद्धि दर ८ प्रतिशत पुर्याउने लक्ष्य सहित सरकर अघि बढेको बताउनुभयो । अहिले आयतमा कमि आई निर्यातमा वृद्धि भएको गृह मनत्री थापाले बताउनुभयो । नेपाल र भारत बिच देखिएको कालापानि सिमाको बारेमा बोल्दै बादलले सिमा विवाद र सिमा सुरक्षालाई कुटनितिक तवरले हल गर्न प्रयास भइरहेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा गृह मन्त्री थापाले बास्कोटा प्रकरणको छानबिन सुरु भएको र छिट्टै सत्य तथ्य बाहिर आउने समेत बताउनुभयो । गृहमन्त्री थापाले देशको शान्ति सुरक्षा सामन्य रहेको बताउँदै ७० करोड कान्डमा मुछिएका पुर्व संचार मन्त्री गोकुल बास्कोटा प्रकरणको छानबिन भइरहेको बताउनुभएको छ । उहाँले एमसिसि सम्झौताको विषयमा देखिएको समस्यालाई हल गर्न सरकारले समिति बनाइ काम थालिसकेको छ, चाडौ यो बिषयले किनार पाउने बताउनुभयो ।