देशभर पछिल्लो २४ घण्टामा थप २ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिनुभयो ।
यसैगरी, आज थप ४ सय जना कोरोना संक्रमणमुक्त भएसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६१ हजार ४ सय ४४ पुगेको छ । आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आइसोलेसनमा गरी कूल ३ हजार ९ सय १९ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यसैगरी, कोरोना भाइरसको संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा हालसम्म १ हजार ९ सय ५९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।