हेटौंडा– जिल्ला युवा समिति मकवानपुर र रुओन नेपालको आयोजनामा हेटौंडामा सक्रिय रहेको राजनीतिक दलका युवा संगठनहरु, विभिन्न युवा संस्थाहरुका प्रतिनिधिहरु विच सुरक्षित मातृत्व र सुरक्षित गर्भपतन सम्बन्धी सचेतना कार्यक्रम भएको छ ।

युवा समिति मकवानपुरले संयोजन गरेको कार्यक्रममा राष्ट्रिय युवा परिषद्की केन्द्रीय सदस्य रुपा उप्रेती लगायतले सहजीकरण गरेका थिए । उप्रेतीले युवाहरुमा मानसिक स्वस्तता, सामाजिक स्वस्तताको विषयमा जानकारी गराएकी थिईन । उनले नेपालमा भएका प्रजनन् सम्बन्धी ऐन, अधिकारको विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा सहभागी युवाहरुले मकवानपुर जिल्लामा युवा र सुरक्षित गर्भपतनको पछिल्लो अवस्थाहरु बारे छलफल गरेका थिए । यस्तै बालविवाह, आधुनिक सञ्चार प्रविधि, सामाजिक सञ्जालको दुरुपयोगबाट हुने बालविवाह, किशोरीहरुका असुरक्षित गर्भपतन जस्ता विषयहरुमा छलफल भएको थियो । कार्यक्रमको संयोजकको रुपमा जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईले भुमिका निर्वाह गरेका थिए ।