मकवानपुर– मकवानपुरको बागमती गाउँपालिकामा सम्पन्न तेस्रो बागमती गोल्डकपको उपाधी जावलाखेल युथ क्लबले उचालेको छ । आईतबार सम्पन्न फाईनल खेललमा हिमालयन शेर्पालाई १–० गोल अन्तरले पराजित गर्दै उपाधी कब्जा गरेको हो ।
जितसंगै जावलाखेलले ६ लाख नगद हात पारेको छ भने उपबिजेतामा चित्त बुझाएको शेर्पाले ३ लाखमा चित्त बुझाएको छ । जितका लागि बिदेशी खेलाडी ड्याडी जुनीयर नायक बने । उनले गरेको एक मात्र गोल नै निर्णायक बन्यो । उनले दोस्रो हापको तेस्रो मिनेटमा ब्यक्तिगत गोल गर्न गरेका थिए । शेर्पाका गोलरक्षक अगाडि बढेको मौकाको सदुपयोग गर्दै उनले गोल गरेका हुन ।
खेलको म्यान अफ द म्याच जावलाखेलका दिलेन मोक्तान भए । उनले नगद ५ हजार प्राप्त गरे । यसैगरी प्रतियोगितको सर्बोत्कृष्ट खेलाडी जावलाखेल युथ क्लबका बिदेशी खेलाडी अदामा डुम्बीया भए । उनले नगद ५० हजार प्राप्त गरे । यसै गरी प्रतियोगितको उत्कृष्ट फरवार्ड जावलाखेलका सुजित बुढाथोकी भए, उत्कृष्ट डिफेन्डर शेर्पाका मानबहादुर तामाङ भए भने उत्कृष्ट गोलकिपर जावलाखेलका अरुण ब्लोन भए ।
त्यस्तै उत्कृष्ट मिडफिल्डर जावलाखेलका सुरज ठकुरी भए भने उत्कृष्ट कोच जावलाखेलका किशोर केसि भए । उनीहरुले क्रमशः १० हजार रुपैयाँ प्रप्त गरेका छन् । प्रतियोगितामा ए डिभिजन क्लबसहित १० टीमको सहभागीता थियो । प्रतियोगिता बागमती खेलकुद विकास समितिको आयोजना र बागमती गाउँपालिका मकवानपुरकोे प्रायोजनमा भएको हो । प्रतियोगिताका लागि बागमती गाउँपालिकाले ३० लाख पनि बजेट बिनियोजन गरेको थियो । पहिलो बागमती गोल्डकपको उपाधी हरिहरपुरगढीले हात पारेको थियो भने दोस्रो गोल्डकपको उपाधी सरस्वती युवा क्लबले हात पारेको थियो ।