हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार बनेकी नेकपा (एकीकृत समाजवादी) की मीनाकुमारी लामको अग्रता कायम रहेको छ। ५२ हजार ९०१ मतको गणना सकिँदा लामाले १६ हजार ४७१ मत प्राप्त गर्नु भएको छ। यस्तै, नेकपा एमालेका अनन्त पौडेलले १५ हजार ४०९ मत तथा राप्रपाका दिपक बहादुर सिंहले १४ हजार ७४९ मत प्राप्तगर्नु भएको छ ।
त्यसैगरी उपप्रमुख पदमा गठबन्धनका नेपाली कांग्रेसका राजेश बानियाँले २३ हजार ८९७ मत प्राप्त गर्दा एमालेकी सुमित्रा काफ्लेले १७ हजार २८० मत तथा राप्रपाकी इन्दिरा न्यौपानेले ३ हजार ७०८ मत प्राप्त गर्नु भएको छ । मुख्य निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार हाल वडा नं ७, ८, ११,१२, १३ र १४ को मतगणना भइरहेको छ ।