मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) भोजपुरकी सदस्य एवम् जिसस महासंघकी केन्द्रिय कार्य सम्पादन समिति सदस्य सविना राईको निधनमा जिसस महासंघ बागमती प्रदेश समितिले शोक व्यक्त गरेको छ । जिसस महासंघ बागमती प्रदेश समितिका अध्यक्ष रघुनाथ खुलालले बुधबार वक्तव्य जारी गर्दै शोक व्यक्त गर्नुभएको हो ।
“जिसस भोजपुरकी एक असल, ईमान्दार र निष्ठाबान सदस्य सविना राईको असामयिक निधन भएको खबरले स्तब्ध बनाएको छ ।” अध्यक्ष खुलालले भन्नुभएको छ । उहाँले पूर्वी क्षेत्रको एक ससक्त महिला नेतृ एवम् महिला मुक्ति आन्दोलनकी अगुवा स्वर्गीय राईको निधनले महलिा मुक्ति आन्दोलन र जिसस महासंघलार्ई अपुरणिय क्षती पुगेको उल्लेख गर्नुहुँदै दिवंगत आत्माको चिर शान्तिको कामना साथै स्वर्गीय राई प्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्नुका साथै शोकाकुल परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।