मकवानपुर – मकवानपुरमा थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११८ जनाको पिसिआर र २३३ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः १८ जना र ११ जना गरी थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ९२ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लामा हाल ३ सय ६८ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ३३० जना होम आइसोलेसनमा र ३८ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।