काठमाडौँ । देशभर आज ३ हजार २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ११ हजार ५ सय ६५ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ४ सय ५६ जना र ६ हजार १ सय २४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ८ सय १८ जनामा संक्रमण पुष्टि भएको छ ।
आज १ हजार ९ सय २९ जना संक्रमित संक्रमण मुक्त भएका छन् । हालसम्म ९३ दशमलव २ प्रतिशत संक्रमित निको भइसकेको मन्त्रालयको तथ्याङ्क छ । सङ्क्रमणका कारण आज थप २७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार ३ सय ५४ पुगेको छ । देशभर रहेका ३९ हजार ८ सय ७१ सक्रिय संक्रमित मध्ये ७ सय ९० जनाको सघन उपचार कक्षमा र १ सय ९१ सङ्क्रमितको भेण्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।