मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री के पी शर्मा ओलीको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको सफलताको कामना गर्दै आज एक संदेश मार्फत मुख्मन्त्री पौडेलले दोस्रोपटक हुन गइरहेको मिर्गौला प्रत्यारोपण शल्यक्रियाको सफलताको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्री पौडेलको सन्देशमा भनिएको छ, “समृद्ध नेपाल सुखी नेपाली महाअभियानका स्वप्नद्रष्टा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको शिक्षण अस्पताल महाराजगञ्जमा यही बुधबार दोस्रोपटक हुन गइरहेको मिर्गौला प्रत्यारोपण शल्यक्रियाको सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
“नेपाली जनतामा आशाका किरणहरु जागृत गराउने राष्ट्रनायक क। ओलीकै नेतृत्वमा देशले स्थायित्व पाएको छ । उहाँकै नेतृत्वकालमा साना साना समूहमा छरिएर रहेका कम्युनिष्ट मत एकीकृत बनेर देशकै ठूलो शक्तिका रूपमा उदाएको छ । लामो समयदेखि मुर्छित झैँ भएका नेपाली जनताका सपनाले जगमगाउने अवसर पाएका छन् । सुषुप्त अवस्थामा रहेको नेपाली जनताका समृद्धिका सपनाहरू जागेका छन्, आशाका किरणहरू उदाएका छन्,” सन्देशमा भनिएको छ ।
मुख्यमन्त्री पौडेलद्वारा प्रकाशित सन्देशमा भनिएको छ, “ओलीकै दूरदृष्टि सहितका योजनाको कार्यान्वयनको शुरुआती नतिजाले समृद्धिको यात्रा तय गराइसकेको आभाष मिलेको छ । देशको अर्थतन्त्रमा उल्लेख्य सुधार भएको छ । आयात घटेको छ , निर्यात बढेको छ । स्वदेशी उत्पादनहरुको वृद्धि भएको छ । देशलाई फेरि पनि दलदलमा फसाएर आफ्ना स्वार्थ पूरा गर्न खोज्नेहरुप्रति नेपाली नागरिकको खबरदारी आवश्यक छ । देशलाई अस्थिरतातर्फ लान चाहनेहरुप्रति नागरिकले सचेत भएर प्रत्युत्तर दिनुपर्ने हुन्छ । राजनीतिक दाउपेच र षडयन्त्रमा होइन, देशलाई समृद्ध बनाउने अभियानमा साथ दिए मुलुक समृद्ध बन्नेछ । नेताहरू बीचको एकता नै आजको आवश्यकता हो ।”
उहाँले देशलाई दलदलमा फसाएर आफ्नो स्वार्थ पूरा गर्न खोज्नेप्रति खबरदारी आवश्यक रहेको समेत संदेशमा उल्लेख गर्नुभएको छ । आगामी दिनमा राष्ट्रले प्राप्त गर्ने उपलब्धिको हेक्कासमेत नराखी प्रधानमन्त्रीलाई असफल बनाएर आफ्ना स्वार्थ पूरा गर्न तम्सनेहरु जगमगाएको उल्लेख कुरा मुख्यमन्त्री पौडेलको संदेशमा उल्लेख गरिएको छ । उहाँले सन्देशमा देशलाई अस्थिरतातर्फ लान चाहनेहरुप्रति नागरिकले सचेत भएर प्रत्युत्तर दिनुपर्ने बताउनुभएकोे छ । “प्रधानमन्त्रीलाई घेराबन्दी गरेर राजनीतिक दाउपेच र षड्यन्त्रमा होइन, देशलाई समृद्ध बनाउने अभियानमा साथ दिए मुलुक समृद्ध बन्नेछ । नेताहरू बीचको एकता नै आजको आवश्यकता हो”, सन्देशमा भनिएको छ ।
Home प्रदेश बागमती प्रदेश मुख्यमन्त्री पौडेलद्वारा प्रधानमन्त्री ओलीको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना