हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ लामुसुरेमा रहेको सिआन पुनरस्थापना केन्द्रलाई एक लाख रूपैयाँ पुरस्कार प्राप्त गरेकाे छ । गृह मन्त्रालयको देशैभरीमा उत्कृष्ट काम गरेको भन्दै सिआनसंगै दुइ वटा पुनरस्थापना केन्द्रलाई पुरस्कृत गर्न लागेकाे हाे ।

कार्यसम्पादनका आधारमा हेटाैंडाकाे सिआन पुनरस्थापना केन्द्र र बाग्लुङकाे नयाँ जिवन पुनरस्थापना केन्द्रलाई पुरस्कृत गर्न लागेको हो । एक लाख रासीको पुरस्कार यही जुन २६ तारिखमा अन्तराष्ट्रिय लागूऔषध विरुद्धको दिवसका दिन पुरस्कार हस्तान्तरण गरिने हेटौंडाको सिआन पुनरस्थापना केन्द्रका सञ्चालक सौजन डिसिले जानकारी दिनुभयो । यस केन्द्रले एक सय पुर्णङकमा ८५ अंक प्राप्त भएको थियो । अहिले यस केन्द्रमा ४६ जना जना उपचाररत रहेका छन् ।