मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले आईतबार जिल्लाको बिकट कैलाश गाउँपालिकाको अनुगमन गरेको छ । जिसस प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गएको अनुगमन टोलीले गाउँपालिकाले चालु आर्थिक वर्षमा गरेका काम कारबाहीका विषयमा अनुगमन गरेको हो । अनुगमन टोलीले गाउँपालिकाले चालु आर्थिक वर्षमा विकास निर्माण, शिक्षा, स्वास्थ्य, सामाजिक, न्यायिकलगायत समग्र शुसासनका क्षेत्रमा गरेका काम तथा प्राप्त गरेको उपलब्धीका बारेमा जानकारी लिनुका साथैविभिन्न विषयमा सुझाव समेत दिएको थियो । साथै गाउँपालिकालाई आईपरेका समस्याहरुका विषयमा समेत छलफल भएको थियो ।

सो क्रममा गाउँपालिका अध्यक्ष टंक मोक्तानले चालु आर्थिक वर्षमा कुल ४२ करोडकाे बजेट निर्माण भएकाेमा भौतिक पुर्वाधारलाइ गाउँपालिकाले जोड दिएको बताउनुभयो । उहाँले चालु वर्षमा भौतिक पुर्वाभार तर्फ १२० वटा योजना मध्ये करीब ८० प्रतिशत योजना सम्पन्न हुने बताउनुभयो । गाउँपालिकाले २५ लाख भन्दा माथिका सबै योजनाहरु ठेक्का प्रकृयाबाट अगाडी बढाईएको र ५७ प्रतिशत कम सम्ममा टेन्टर स्वीकृत भएको जानकारी दिनुभयो ।

गाउँपालिकामा कर्मचारी दरबन्दी पुर्ण भएको तर, पालिकाको प्रशासनिक भवनमा आगजनी भएका कारण काम गर्न केहि समस्या भए पनि उहाँले जानकारी दिनुभयो । केहि दिन अगाडी गाउँपालिकाको प्रशासनिक भवनमा आगजनी हुँदा करीब १ करोड ५० लाखको भौतिक क्षती हुनुका साथै सम्पुर्ण कागजपत्र नष्ट भएको अध्यक्ष मोक्तानले बताउनुभयो । गाउँपालिकाले भौतिक पुर्वाधार विकासलाई पहिलो प्राथमिक्तामा राखे पनि सामाजिक, आर्थिक, रोजगारी, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रलाई पनि संगसंगै अगाडी बढाएको उहाँले बताउनुभयो ।

अनुगमनका क्रममा प्रमुख खुलालले गाउँपालिकालाई विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड –१९) नियन्त्रणमा बढी जिम्मेवार बन्दै आगामी बजेटमा माहामारीलाई ध्यानमा राखेर बजेट विनियोजन गर्न सुझाव दिनुभएको छ । उहाँले माहामारीलाई ध्यान दिँदै आगामी वर्षको नीति कार्यक्रममा जनस्वास्थ्यको शीर्षकमा बजेट बढाउन र उपयुक्त कार्यक्रम ल्याउन सुझाव दिनुभयो । उहाँले स्वास्थ्य र शिक्षाको क्षेत्रलाई आगामी बजेटमा प्रमुख प्राथमिक्तामा राख्न आग्रह गर्नुभयो ।
प्रमुख खुलालले आगामी वर्षको कार्यक्रममा उत्पादन वृद्धिका लागि जोड दिन, बजेटमा कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने खालका रोजगारमुखी योजना ल्याउन र शिक्षामा फड्को मार्ने गरी परिवर्तनका कार्यक्रम तय गर्न आग्रह गर्दै गाउँपालिकालाई परेका विभिन्न समस्याका विषयमा जिससले हर्दम समन्वय र सहाकर्य गर्ने समेत बताउनुभयो । यसका साथै उहाँले विदपका क्षेत्रमा सचेत हुन र त्यसको समयमै व्यवस्थापन गर्न, स्थानीय सरका चुस्त दरुस्त हुन, स्थानिय स्थरमा प्राथमिक्ताका आधारमा बजेट विनियोजन गर्न, बाटो घाटो निर्माण गर्दा त्यसको प्रभावका बारेमा विचार पु¥याउन सुझाव दिनुभयो ।
उहाँले महामारीबाट बच्ने उपाएका बारेमा सचेतनाका कार्यक्रम संचालन गर्न सुझाव दिनुहुँदै कोरोना सङ्कट हटाउन स्थानीय तहले आवश्यक क्वारेनटाइन, आइसोलेसन तथा जनजागरणका काममा लाग्न जरुरी रहेको बताउनुभयो । अनुगमन टोलीमा जिसस उपप्रमुख भगवती पुडासैनी, सदस्य देवराज रिमाल, समन्वय अधिकारी आनन्दराज पोखरेल, अधिकृत भीमलाल महर्जन, नायव सुब्बा उपेन्द्र पोखरेललगायतको सहभागिता थियो । टोलीलाई गाउँपालिका अध्यक्ष मौक्तान, उपाध्यक्ष सुकुमाया थिङ, प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्मा, शिक्षा, स्वास्थ्य, याजनालगायतका शाखाका कर्माचरीहरुले जानकारी दनिुभएको थियो ।