मकवानपुर– मकवानपुरको भिमफेदी गाँउपालिका–९ स्थित गोलमोडमा हिउँमा चिप्लिएर गएराति भएको टाटा सुमो दुर्घटनामा घाईते मध्ये एक जनाको मृत्यु भएको छ । काठमाठौबाट हेटौंडा तर्फ आउँदै गरेको ना १ ज ४१३८ नंम्बरकोे टाटा सुमो गोलमोडको मोडमा दुर्घटना भएको थियो । दुर्घटनामा १० जना घाईते भएका थिए ।
दुर्घटनामा घाइते भएका मध्ये सप्तरी जिल्ला बनौली गाउँपालिका वडा नम्बर २ का ३३ वर्षिय प्रमाण्डु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति करीब ८ बजे भएको दुर्घनामा अन्य ४ जना यात्रु पनि गम्भिर घाईते छन् । घाईतेहरुको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
सडकमा हिउँ जम्दा त्रिभुवन राजपथ अवरुद्ध
यसैबीच त्रिभुवनराजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर– ९ गोलमोड देखि थाहा नगरपालिका वडा नम्बर–४ दामन सम्मको सडक अवरुद्ध भएको छ । सडकमा हिउँ जमेकाले सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक रानाले जानकारी दिनुभयो । सडक अबरुद्ध हुँदा काठमान्डौ जाने यात्रुलाई असहज भएको छ । हेटौंडा–भीमफेदी–कुलेखानी सडक निर्माणको क्रममा बन्द रहेको छ भने त्रिभुवन राजपथ मा हिँउ जमेका कारण बन्द रहेको छ ।