मकवानपुर– त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका–९ गोलमोडमा शनिबार राति सुमो दर्घटा हुँदा १० जना घाईते भएका छन् । काठमान्डौंबाट हेटौंडा तर्फ आउँदै गरेको ना १ ज ४१८० नम्बरको सुमो आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा १० जना घाईते भएका हुन् ।
दुर्घटनामा परि घाईते भएका मध्ये ३ जनाको अवस्था गम्भीररहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा गम्भीर घाईतेहरुलाई उपचारको लागि हेटौंडा ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुर प्रहरी नायब उपरिक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो । उक्त क्षेत्रमा दिउँसो हिमपात भएको कारण हिउँमा चिप्लिएर सुमो दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।