मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले राज्यको निती अनुसार कार्य गर्न हाउजिङ्ग (घर,जग्गा) व्यवसायीलाई आग्रह गर्नुभएको छ । शनिबार आयोजित घर जग्गा व्यवसायी संघ मकवानपुरको दोश्रो साधारण सभाको उद्घाटन गर्नुहुँदै प्रमुख खुलालले राज्यको निती अनुसार अगाडी बढ्न आग्रह गर्नुभयो ।

प्रमुख खुलालले अव्यवस्थित रुपमा हुने प्लटीङ्ले नेपालमा समस्या आएको हुँदा सरकारले कित्ताकाट रोकेको बताउनुभयो । उहाँले सरकारको नितीलाई सकारात्मक रुपमा लिन आग्रह गर्दै ठिक बेठिकको मुल्यांकन गरेर अघि बढ्नुपर्ने बताउनुभयो । राज्यको नितीमा छिरेर काम गर्ने वातावरण बनाउन आग्रह गर्नुहुँदै नेपालमा हाउजिङ्गको आवश्कता रहेको र त्यसमा आउने समस्यामा सहजिकरण गर्न तयार रहेको समेत बताउनुभयो ।

मकवानपुर घर जग्गा व्यवसायी संघका अध्यक्ष बिष्णु प्रसाद घिमिरे (धुर्व ) को अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौंलागाई, १ नम्बर वडाअध्यक्ष सबिन न्यौपाने, नेकपा मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, नेपाली कांग्रेसका प्रवक्ता प्रदिप कोईराला, बिवेकशिल साझाका राजन मैनाली, पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप बिष्ट, मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्रसिंह राठोर, उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण कटुवाल, माडवारी एसोसियसनका निवर्तमान अध्यक्ष कृष्णकुमार अग्रवाल, बैकर्स एशोसियसनका रमेश प्याकुरेललगायतको उपस्थित् िथियो । संघमा जिल्लामा रहेका २०३ व्यवसायी मध्ये २७ वटा व्यवसायी आवद्ध छन् ।
