हेटाैंडा बजार ।

मकवानपुर– हेटौंडामा अत्यावश्यक बाहेकका सवारीसाधन संचालनमा रोक लगाइएको छ । कमाण्ड पोष्टले हेटौंडा बजार क्षेत्र भित्र मोटरसाईकल, स्कुटर, अटो, मयुरीलगायत चारपांग्रे सवारीसाधन सञ्चालनमा पुर्ण रुपमा रोक लागएको हो ।
तरकारी तथा खाधन्न किन्ने नाममा बजार क्षेत्रमा बढी भिडभाड बढेका कारण त्यस्ता सवारी साधनको प्रयोगमा रोकलगाईएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो । यस अघि जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको सकृयतामा हिजो बसेको आकष्मिक बैठकले गरेका निर्णयहरुको कार्यान्वयनका लागि आज अनौपचारकि छलफल गरेर बजार क्षेत्रमा अनावश्यक यातायातका साधन सञ्चालनमा रोक लगाईएको हो । प्रजिअ नेपालले संक्रमित जिल्लाबाट तरकारी तथा माछामासु जन्य सामग्रीको आयात समेत पुर्ण रुपमा बन्द गरिने जानकारी दिनुभयो । उहाँले तरकारी तथा खाद्यान्न किन्ने नाममा वा मोर्नीङवाक हिड्ने नाममा बजार क्षेत्रमा भिडभाड नगर्न आग्रह गर्दै भोली देखि बजार क्षेत्रमा त्यस्तो कार्य भएको पाईएमा कारबाही हुने समेत जानकारी दिनुभएको छ ।
छिमेकी जिल्लाहरूमा कोरोना संक्रमितको संख्या ह्ववातै बढेपछि यस अघि हिजो बसेको आकष्मिक बैठकले सिमा नाकामा कडाई गर्ने, हेटौंडा–१० बसपार्क स्थित होलसेल तरकारी पसल बन्द गर्ने, हेटौंडा वजार क्षेत्रमा खाद्यान्न, औषधी, बिउविजन, ग्यास र रासाायनिक मलको पसल वाहेक अन्य पसलहरु अर्को निर्णय नभए सम्मका लागि वन्द गर्ने निर्णय गरेको थियो । जस अन्तरगत आजबाट रातोमाटे नाकामा थप कडाई गरिएको छ भने, भोलीबाट हेटौंडा–१० स्थित होलसेल तरकारी बसल पनि बन्द गरिने जिल्ला समन्व्य समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो ।