कोशी प्रदेशले स्थानीय तहको कर्मचारीको सेवा सर्त व्यवस्थित गरी स्थानीय सरकारको काम काज प्रभावकारी बनाउने विधेयक प्रदेश सभामा प्रस्तुत गर्ने निर्णय पनि गरेको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
यस्तै प्रदेशसभाबाट कोशी प्रदेशको नामाकरण गरिएसँगै कानुनहरुमा यसअघि रहँदै आएको प्रदेश १ भन्ने शब्दलाई संशोधनका लागि संशोधन विधेयक प्रदेशसभामा लैजाने र विपन्न वर्गलाई कडा रोगको लागि उपचार सहायता उपलब्ध गराउने सम्बन्धमा आर्थिक सहायता सम्बन्धी कार्यविधि २०७९ लाई पनि स्वीकृत गरेको छ ।