हेटाैंडा– मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २, शिखरकटेरी आसपास सहित वडा २ भित्र आवातजावतमा रोक लगाईको छ । जिल्लामा कोरोना संक्रमित बढ्दै गएको बेला वडा कार्यालयले आफ्नो वडा क्षेत्रका वडाबासीलाई सुरक्षित राख्न वडा भित्र रहेका सम्र्पूण होटल व्यवसायहरु समेत पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाको कार्यालयको नै निर्णय स्वरुप वडा कार्यालयले अति आवश्यक दैनिक उपभोग्य सामाग्री दुग्ध, फलफुल, पशु तथा मानव खाद्यय पदार्थ, तरकारी तथा विरामी बोक्ने सवारी साधन बाहेकका अन्य सवारी साधन हिडडुल गर्न बन्द गरिने वडा अध्यक्ष बखानसिंह पाख्रीनले जानकारी दिनुभयाे। अत्यावश्यक काममा हिड्ने सर्वसाधारणले अनिवार्य माक्स प्रयोग गरिनुपर्ने र कोरोना संक्रमित व्यक्ती बढ्दै गएको अवस्थामा संक्रमित व्यक्तीको संसर्गमा आएका व्यक्तीहरुलाई होम क्वारेन्टीनमा बस्नुपर्ने अध्यक्ष पाख्रिनले बताउनुभयाे । उहाँले हाललाई प्रशासनीक कार्य बाहेक वडाबाट प्रदान गरिने अन्य सेवा अर्को सुचना नभएसम्म बन्द रहने समेत जानकारी दिनुभयाे ।