मकवानपुर । मकवानपुर प्रहरीले करीब १० किलो लागूऔषध अफिमसहित १ जना पक्राउ गरेको छ । मकवानपुरको मनहरी गाउँपालिका–७, स्थित पेन्चे बजारबाट बिहीबार ९ किलो ८२० ग्राम लागूऔषध अफिमसहित १ जना पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक दीपक थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका–७, पेन्चे बजार स्थित सडकमा राक्सिराङ् तर्फबाट आउँदै गरेको बाप्र ०३–००५ प ३१०३ र बा.प्र ०३–००३ प ९६४७ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा ९ किलो ८२० ग्राम लागूऔषध अफिम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले लागूऔषध अफिमसहित राक्सिराङ–५ घर भई हाल मनहरी–७, बस्ने बर्ष २२ का बिवेक प्रजालाई नियन्त्रणम लिएको जनाएको छ । यस्तै अर्को मोटरसाईकलमा सवार २ जना भने फरार भएको र उनिहरुको खाजिकार्य भईरहेको जनाएको छ । नियन्त्रणमा लिईएका बिवेक प्रजालाई जिल्ला अदालत हेटौडाबाट १० दिनको म्याद अनुमति लिई थप अनुसन्धान भईरहेको जनाएको छ ।