मकवानपुर । मकवानपुर प्रहरीले सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज एक सन्देश जारी गर्दै होली पर्वलाई सभ्य, शिष्ट र मर्यादित तवरले मनाउन सबैलाई अनुरोध गरेको हो ।
प्रहरीले आत्मीयरूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न, होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न तथा अपरिचित व्यक्तिको समुहमा होलि नखेल्नसमेत आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले कसैको इच्छाविपरीत रङ, लोला मोबिल, मोसो, केमिकल र फोहरपानी प्रयोग गरेमा कानूनबमोजिम कारबाही गरिने बताउनुभयो ।
प्रहरीले महँगा गरगहना लगाई होली नखेल्न, ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन, अशक्त, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पर्यटकलाई कुनै पनि प्रकारको दुव्र्यवहार नगर्न भनेको छ । यस्तै अपरिचित व्यक्तिले दिएको कुनै पनि खानेकुरा नखान पनि भनेको छ ।
रेलिङ नभएको छत तथा सडकमा होली नखेल्न, भीडभाड हुने स्थानमा होली नखेल्न, कुनै पनि आपराधिक गतिविधि हुन लागेको वा भएको थाहा भएमा तत्काल जिल्ला प्रहरी कार्यालय मकवानपुरको हटलाइन नम्बर १००, ९८५५०९०१५०, ९८५५०७१३९९ वा नजिकको प्रहरी कार्यालयमा खबर गर्न प्रहरीले अनुरोध गरेको छ ।
