सिन्धुपाल्चोक । चीन सँगको उत्तरी सिमानाका तातोपानीबाट दुईतर्फी आवतजावत खुल्ने भएको छ । लामो समय आवतजावत बन्द गरेको चीनले शुक्रवारबाट आवतजावत खुला गर्न लागेको हो ।
गत मङ्गलवार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीहरूबिच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले भन्नुभयो ‘नेपालको तर्फबाट गरिने तयारी सबै गरेका छौँ । २०७२ सालको भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा तीन महिना अघिबाट मालवाहक सवारीको आवतजावत खुलेको थियो। मानिस आवतजावत भने खुलेको थिएन । सिन्धुपाल्चोकका स्थानीयले आवतजावतको लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् ।