file photo

हेटौंडा । मकवानपुरमा ट्रकको ठक्करबाट घाइते भएका एक जनाकाे उपचारका क्रममा मृत्यु भएकाे छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरकाे मनहरी गाउँपालिका–६ नयाँ बजारमा ट्रकको ठक्करबाट घाइते भएका हेटौडा–८ कमाने बस्ने ४५ वर्षिय दिनेश कार्कीको उपचारका क्रममा मृत्यु भएको हाे ।

हेटौडाबाट चितवनतर्फ जादै गरेको ना ५ ख ७७२१ नंबरको ट्रकले चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००४ प ६९७३ नंबरको बुलेट मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालक कार्की घाइृते भएका थिए । ट्रकको ठक्करबाट टाउको र शरिरको बिभिन्न भागमा चोट लागी उपचारको लागि नया मेडिकल कलेज चितवनमा उपचार भइरहेकोमा गएराती डाक्टरले मृत घोषणा गरेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयाे ।