मकवानपुर – मकवानपुर जिल्लाको २ वटा प्रतिनिधि सभा क्षेत्रमा एमाले र सत्ता गठबन्धनले एक÷एक क्षेत्रमा अग्रता लिएका छन् । प्रतिनिधिसभा क्षेत्र नम्वर–१ मा गठवन्धनका उम्मेदवार महालक्ष्मी उपाध्याय “डिना” ले मतान्तर फराकिलो बनाउँदै लानु भएको छ, भने मकवानपुर–२ मा एमालेमा उम्मेदवार महेशकुमार बर्तौलाले अग्रता काम राख्नु भएको छ ।
पछिल्लो मतपरिणाम अनुसार क्षेत्र–१ मा ३१ हजार ९४६ मतगणना हुँदा “डिना”ले ११ हजार ९३५ मत प्राप्त गर्नु भएको छ । त्यस्तै यो क्षेत्रमा एमालेबाट उम्मेदवार रहनु भएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले ९ हजार ४७१ मत प्राप्त गर्नु भएको छ ।
यता मकवानपुरमा प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा नेकपा एमालेका युवा नेता महेश बर्तौलाले अग्रता लिनु भएको छ । सत्तारुढ गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई २ हजार २४५ मतले पछि पार्दै बर्तौलाले अग्रता लिनु भएको हो । मकवानपुर–२ मा हालसम्म ३९ हजार ४ सय ४१ मत गणना हुँदा बर्तौलाले १५ हजार ९०२ मत प्राप्त गर्नु भएको छ । भने, सत्ता गठवन्धनका उम्मेदवार खतिवडाले १३ हजार ६५७ मत प्राप्त गर्नु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मत गणना जारी छ ।